माओवादी विधान अधिवेशनमा उठ्यो पार्टीको नाम र चुनाव चिह्नको विषयमा सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा पार्टीको नाम र चुनाव चिह्न फेर्नुपर्ने विषयमा सुझाव उठेको छ ।

काठमाडौँमा जारी प्रथम विधान अधिवेशनको दोस्रो दिन समूहगत छलफलमा सहभागीहरूले पार्टीको नाम फेर्न सुझाएका हुन् । मंगलबार बनाइएका २० समूहमध्ये केहीले नाम फेर्नुपर्ने सुझाव दिएका छन् । बैठकमा सहभागी एकजना नेताका अनुसार केही समूहले अहिलेकै नाम उचित भएको भन्दै फेर्न नहुने मत राखेका छन् । हरिराज अधिकारीले चुनाव चिह्न बदल्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै नागरिकता पाएपछि पार्टीको सदस्या पाउने अवस्था बनाउनुपर्ने कुरा राखे । उनले पार्टीका आयोगलाई शक्तिशाली बनाउनुपर्ने बताउँदै पार्टीका सबै समितिलाई सानो-छरितो कायम गर्न पनि सुझाएका छन् ।

एक समूहबाट सबै कम्युनिस्टबीच एकता गरेर पार्टीको नाम नेकपा समाजवादी राख्नुपर्ने सुझाव आएको छ । उक्त समूहले सबै माओवादी घटकलाई एक ठाउँ ल्याएर पार्टीको नाम फेर्ने सुझाव आएको हो । शर्माले प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्था गर्नुपर्ने पनि बताएका छन् । केन्द्रीयसहित सबै समितिहरूलाई छरितो बनाउन, जननियन्त्रित पार्टी र पार्टी नियन्त्रित सरकार बनाउनुपर्ने पनि उनले सुझाव दिएका छन् ।

मंगलबारदेखि सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । एक समूहमा कम्तिमा ५० जना प्रतिनिधि रहने गरी विधानमाथिको छलफलका लागि समूह बनाइएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *