सन नेपाल लाइफले प्रतिहजार बिमा बराबर ७५ रुपैयाँसम्म बोनस दिने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले प्रतिहजार बिमालेख बराबर अधिकतम ७५ रुपैयाँसम्म बोनस दिने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट बोनस दिने भएको हो । कम्पनीले सन लाइफ सावधिक जीवन बिमालेख र भाग्योदय जीवन बिमालेख अवधि अनुसार न्युनतम ३० देखि ५० रुपैयाँसम्म बोनस दर कायम गरेको छ । यस्तै बाल समृद्ध जीवन बिमालेख र सुनौलो सावधिक जीवन बिमालेखमा पनि न्युनतम ३० देखि अधिकतम ५० रुपैयाँ बोनस कायम गरेको छ।

यस्तै नवीन आजिवन बिमालेखमा ३८ रुपैयाँ देखि ७५ रुपैयाँ बोनसदर कायम गर्दा सार्थक आजीवन बिमालेखमा ४२ रुपैयाँ र सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बिमा योजनाहरुमा २५ रुपैयाँ देखी २७ रुपैयाँसम्म बोनसदर कायम गरेको हो । कम्पनीले धनञ्जय बार्षिक अग्रिम भुक्तानी जीवन बिमालेखमा पनि २५ रुपैयाँदेखी २७ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । कम्पनीले कायम गरेको बोनस दर बिमालेखको अवधि अनुसार फरक छन् । थोरै अवधिका बिमालेखमा न्युनतम मुल्य कायम गरिएको छ भने धेरै अवधिमा बिमालेखमा अधिकतम ७५ रुपैयाँसम्म बोनसदर कायम गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *