सेनाले निर्माण गर्‍यो सैनिक विशेष दिवा विद्यालय

काठमाडौ । नेपाली सेनाले वरदान सैनिक विशेष दिवा विद्यालयको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरेको छ । प्रधान सेनापति प्रभुराम शर्मा र सैनिक श्रीमती संघकी अध्यक्ष सुनिता शर्माले विद्यालयको उद्घाटन गरेका थिए । नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका विशेष क्षमता भएका सन्ततीहरूलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले विद्यालय निर्माण गरिएको सेनाले जनाएको छ ।

सैनिक श्रीमती संघको पहलतामा सैनिक कल्याणकारी कोषको लगानीमा छाउनीमा निर्मित उक्त विद्यालयको २०७९ मंसिर १४ गते शिलान्यास गरिएको थियो । सैनिक श्रीमती संघको संरक्षकत्वमा सञ्चालन हुने उक्त विद्यालयमा शैक्षिक सत्र २०८१ बाट ३० जना विशेष क्षमता भएका बालबालिकाहरू भर्ना गरी पठनपाठन आरम्भ गरिनेछ, नेपाली सेनाले बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *