ललितपुर जिल्ला बचत संघको आयोजनामा ‘साकोस अध्यक्षहरुको गोष्ठी’

ललितपुर । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा ‘साकोस अध्यक्षहरुको गोष्ठी’ सुरु भएको छ । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लप्रमुख आतिथ्यतामा गोष्ठीको सुरुवात भएको हो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै मल्लले संस्थाहरुले सदस्यको मन जिन्त नसकेसम्म सहकारीको समस्या तत्काल समाधान गर्न नसकिने बताइन् । सदस्यको मन जित्न संस्थाहरुले सहकारी शिक्षाका साथै सदस्यसँग जोडिएर अगाडी बढ्नुपर्ने उनको भनाई छ । आगामी चैत्र मसान्तभित्र ऋण असुली न्यायधिकरण गठन हुने उनले बताइन् । अहिलेको आवश्यकता ऋण असुली न्यायधिकरण भएको र समयमा ऋण असुली नहुँदा सदस्यले मागको बेलामा बचत फिर्ता गर्न नसको उनको भनाई छ । सदस्यले मागे जति बचत फिर्ता गर्न नसक्दा सहकारीप्रति सदस्यको विश्वास घटेको उनले सुनाइन् । मुुलकको ५० जिल्लाको सहकारीमा कुनै समस्या नभएको र ५ सय जति सहकारीमा समस्या आए पनि त्यसको प्रभाव सिगों अभियानमा परेको मल्लको भनाई छ । गोष्ठीले अध्यक्षहरुको आत्मविश्वास, ज्ञान र सिप विकास गरी संस्थालाई अगाडी बढाउन टेवा पुग्ने उनको विश्वास छ । केही संस्था शुसासनमा नचल्दा समस्या आएको भन्दै उनले संस्थागत शुसासन कायम गर्दै अगाडी बढ्न संस्थाहरुलाई उनले निर्देशन दिइन् । एउटा अध्यक्षको उपस्थितिले हजारौं सदस्यको प्रतिनिधित्व गर्ने भन्दै उनले गोष्ठीमा सिकेका कुरा संस्थाका सञ्चालक, व्यवस्थापन र सदस्यलाई पनि सिकाउन उनले सुझाव दिइन् । सहकारी प्रवद्र्धन कोषको पैसा खर्च गर्न सरकार तयार रहेको र छिट्टै उक्त कोषको रकम परिचालन गरी सहकारीको विकास र प्रवद्र्धन गर्ने उनले जनाइन् । सहकारीलाई सरकारले सहुलियत ऋण नदिदाँ सदस्यलाई २÷३ प्रतिशत बढी ब्याज दिएर बचत लिनु पर्ने बाध्यता रहेको उनले सुनाइन् । सरकारले सहकारीलाई सहुलियत ऋण दिए र कानुनमा संसोधन गरिदिए सहकारीले पनि उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने मल्लले बताइन् । सहकारी ऐन संसोधनका लागि महासंघ अगाडी बढेको र त्यसका लागि राजनितिक नेतृत्वसँग छलफल अगाडी बढाएको उनले जानकारी दिइन् । सहकारीका समस्या समाधानमा सबै एकजुट हुनुपर्ने र सहकारीको वोर्ड राखेर बचत संकलना गर्ने थलो बनाएकाहरुलाई भने बहिष्कार गर्नु पर्नेमा उनले जोड दिइन् । सरकारले ऐन नियम कार्यन्वयनमा उदासिनता देखाउँदा अहिलको समस्या आएको उनको भनाई छ । अहिले बचत तथा ऋण सहकारीमा बढी समस्या रहेको र संघले साकोसका अध्यक्षहरुलाई सहभागि गराएर गोष्ठी आयोजना गरेकाले यसले सकरात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने उनेको विश्वास छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफस्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीमा शुसासन र शुद्धिकरण कुरा उठेको भए पनि त्यसको कार्यन्वयन आफैबाट सुरु गर्नु पर्ने बताए । सहकारी क्षेत्रले निजी क्षेत्रले भन्दा पनि बढी कर तिरेको र त्यसको सही मुल्याङक राज्यले गर्नु पर्नेमा उनेको जोड छ । सहकारीका समस्यामा राज्य पनि जिम्मेवार हुनु पर्ने र नीतिगत तथा संरचनागत व्यवस्था गरिदिए सहकारीका समस्या हल गर्न सकिने उनको भनाई छ । सहकारीले गरेको ऋण असुली नहुँदा बचत फिर्तामा समस्या भएको भन्दै उनले त्यसका लागि राज्यले ऋण अुसली न्यायधिकरण र कालो सूचीको तत्काल व्यवस्थापन गर्न जोड दिए । सदस्यको बचत फिर्ता अनिवार्य सर्त भएको भन्दै उनले त्यसका लागि समय लाग्ने बताए । कोभिड महामारीका बीचमा पनि सहकारीले घर घरमा गएर सदस्यहरुलाई सेवा प्रवाह गरेको कुरा राज्यले विर्सन नहुने अध्यक्ष ढकालले बताए । सहकारीमा सुधारको विकल्प नभएको र त्यसमा नेतृत्वले नै भूमिका खेल्नु पर्ने ढकालले बताए । तहगत र संरचनागत समस्या सहकारीमा रहेको र को कहाँ रहने भनेर छलफल गरेर अगाडी बढ्नु पर्नेम ा उनले जोड दिए । एउटा पारम्भिक सहकारी संस्था जिल्ला , प्रदेश र केन्द्रीय संघमा आवद्ध हुनुपर्ने तर संघहरुले सदस्यको हितका लागि काम गर्न नसक्दा वितृष्णा बढेर गएको भन्दै उनले सदस्य संस्थाको विकास र प्रवद्र्धनमा सबैले काम गर्नु पर्नेमा उनले जोड दिए । कर्जा सूचना केन्द्र र ऋण असुली न्यायधिकरण समयमा गठन नहुँदा पनि सहकारीले अहिलेको समस्या भोग्नु परको उनले बताए । त्यसैगरी बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले सहकारी अभियान राम्रो हुनकै लागि अहिले समस्या आएको बताए । शुसासान कायम गरी सदस्य केन्द्रीत भएर संस्था चलाउन सके सहकारीमा समस्या नआउने उनले बताए । सहकारीले सदस्य शिक्षालाई अगाडी बढाउन सके र सदस्यले सहकारीको महत्व बुझेमा अहिलेको समस्या समाधान गर्न सकिने उनको बुझाई छ । सहकारी शिक्षा तथा तालिम मार्फत सदस्यलाई सहकारी बुझाउनु पर्नेमा उनको जोड छ । सहकारीमा शुसासन कायम गरी सदस्यको विश्वास जित्न सबै सहकारीकर्मी लाग्नु पर्ने सापकोटाले बताए । सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न पनि गोष्ठीले सघाउने उनले बताए । राष्ट्रिय सहकारी बैंकका सञ्चालक ध्रुवराज विष्टले गोष्ठीबाट नयाँ कुरा सिकेर संस्थालाई शुसासनयुक्त र जोखिम रहित बनाउन सघाउ पुर्याउने बताए । सिकेका कुरालाई संस्थामा लागू गर्न सके संस्थालाई दिगो रुपमा अगाडी बढाउन र सदस्यको विश्वास जित्न थप टेवा पुग्ने उनको भनाई छ । संघका अध्यक्ष रामहरी बजगाईले अध्यक्षहरुलाई संस्थाप्रति थप जिम्मेवार बनाउने उदेश्यले गोष्ठीको आयोजना गरिएको बताए । अध्यक्षहरु मर्यादित , अनुशासित र जवाफदेही हुन सके सहकारीमा समस्या नआउने उनको भनाई छ । सहकारी संस्थामा समस्या आएपछि कतिपय संस्थाका अध्यक्षहरु पन्छिने गरेको भन्दै उनले संस्थामा अध्यक्ष नै मुख्य जिम्मेवार हुनुपर्नेमा जोड दिए । अध्यक्ष जति क्रियशिल हुन्छ , त्यति नै संस्था चलायमान हुने भन्दै उनले त्यसका लागि गोष्ठीले थप टेवा पुग्ने जनाए ।संघका बरिष्ठ उपाध्यक्ष करुणारत्न बज्रचार्यले स्वागत मन्तव्य राख्दै सहकारीको वर्तमान समस्यासँग लड्न र अध्यक्षहरुमा सकरात्मक भावना विकास गर्न गोष्ठी सहयोगी हुने अपेक्षा गरे । सहकारीमा शुसासन कायम गर्दै सदस्य केन्द्रीत भएर सञ्चालन गर्न र समस्या समाधान गर्न गोष्ठीले सघाउने उनले बताए । नगरकोटको रत्नागिरी होटलमा आजबाट सुरु भएको गोष्ठी दुई दिनसम्म चल्ने छ । गोष्ठीमा एक सहकारी संस्थाको अध्यक्षहरुको सहभागिता रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *