समयमै दाबी भुक्तानी दिन बीमा कम्पनीहरुलाई अर्थमन्त्रीको आग्रह

काठमाडौँ । शुक्रबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशरण महतले उर्जा क्षेत्रको भविष्य सुनौलो रहेको बताएका छन् । ‘उर्जामा भविष्य सुनौलो छ । भारतलगायत वाह्य लगानीकर्ताको आकर्षण समेत बढिरहेको छ । विभिन्न आयोजनाअघि बढिरहेका छन्’ अर्थमन्त्री डा. महतले भने, ‘उर्जा क्षेत्रअघि बढाउनको लागि सरकार निकै सक्रिय छ । उर्जा आर्थिक वृद्धिको मेरुदण्ड हो । इप्पानका अध्यक्ष गणेश कार्कीले उर्जा क्षेत्रले समय मै दाबी नपाएको भनी गरेको गुनासोको उत्तर दिदै अर्थमन्त्री डा. महतले एक आयोजनामा समस्या आउँदैमा सबै क्षेत्रमा आउछ भन्ने नहुने बताए । उनले भने, ‘नेपाली समाज सकेसम्म दिन नपरोस् ।

तर, लिन पाइयोस भन्ने भावना बोकेर हिड्ने गर्छ । बीमा कम्पनीहरुलाई दिन नपरोस भन्ने भ्रम छ । लिनेसँगै दिने कुरा समेत सम्झिनु पर्दछ । बीमा दाबी नदिएको कुरालाई मैले कम्पनीलाई नै बोलाएर काम गर्न भनेको छुँ । अझै समस्या छ । राम्रो पोलिसी समेत चयन गर्नुपर्छ । कम्पनीहरुले समय मै दाबी भुक्तानी गर्नुपर्छ । क्षति भएको आयोजनामा कर छुट दिन नसकेको अर्थमन्त्री महतले बताए । डा. महतले भने, ‘क्षति भएका आयोजनामा कर छुट दिनका लागि सरकार लागि परेको छ । आगामी बजेट मार्फत के कति गर्न सकिन्छ त्यसको सीमा तय हुनेछ । उर्जाका समस्या समाधानका लागि म सबैसँग सहकार्य र छलफल गर्छु । मन्त्री डा. महतले, ‘उर्जामा उत्साह बढेको छ, विदेशी राष्ट्र समेत सकारात्मक छन् । सयौँ लगानीकर्तालाई आकर्षण गरेको छ । उर्जामा भएका समस्या कम गर्न लागिरहेका छौँ । वन वातावरणमा समेत सम्बन्धित कार्यालयमा हामीले छलफल गरेका छौँ

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *