चलचित्र ‘घर ज्वाई’ को सुटिङ सुरु

काठमाण्डौं । चर्चित जोडी दयाहाङ राई र मिरुना मगर प्रमुख भूमिकामा रहेको फिल्म ‘घर ज्वाईं’ को सुटिङ सुरु भएको छ । निर्माता जनक घर्ती मगरका अनुसार शनिबार पूर्वी रुकुमको लुगममा क्यामरा पूजा गरि सुटिङ थालीएको हो । अनिल बुढामगरको निर्देशन रहेको फिल्म पूर्वी रुकुमको लगुम, तकसेरा, ढोरपाटनलगायतका स्थानमा खिचिने छ । करिब ३५ दिनको सेड्युल राखिएको फिल्ममा दयाहाङ र मिरुनाका साथमा बुद्धि तामाङ,शिसिर वाङ्देल,पुस्कर गुरुङ,भोला सापकोटा,राज थापा काउचा,कविता आले,शिला आले,अनु थापा,बिना मगर,खडुगबहादुर पुन (खबपु) सोनाम लामा, बिवेश बुढा, सुनील मगरलगायतले अभिनय गर्नेछन् ।

जिएम मुभी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक मगर स्वयम्को हो भने पटकथा र सम्वाद लेखनमा उनलाई सुवास कोइराला र बिनोद खतिवडाले साथ दिएका छन् । सुसन प्रजापतिको छायांकन,हर्क साउद र मनोज थापाको शब्द,संगीत र रामजी लामीछानेको कोरियोग्राफी रहेको फिल्मको अन्तराष्ट्रिय बितरण एमएसएम इन्टरटेन्मेन्टले गर्दैछ भने नेपालको बितरण अधिकार आरआर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले लिइसकेका छन् । असार २८ गते प्रदर्शन हुने फिल्म मगर संस्कृतिसँग नजिक रहेर निर्माण हुने जानकारी निर्देशक अनिल बुढामगरले दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *