एमालेले संकल्पयात्रामार्फत बुझाएका सुझाव कार्यान्वयन हुन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले मध्य पहाडी राजमार्ग संकल्पयात्रामार्फत बुझाएका महत्वपूर्ण सुझाव कार्यान्वयनका लागि आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठले आफ्नो पार्टीले बुझाएका सुझाव कार्यान्वयनको अवस्था के भइरहेको छ रु भनेर सोधेका प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले भने, ‘झुलाघाट–चिवाभञ्ज्याङ मध्य पहाडी राजमार्ग म आफैँले पनि रेखाङ्कन गरेको हो । त्यसैले यसमा म पनि कहीँ न कहीँ जोडिएको छु । सुझाव कार्यान्वयन हुन्छ ।’ त्यस क्षेत्रको विकासमा निर्माणमा आफ्नो पनि चासोको विषय रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले त्यस क्षेत्रमा १० वटा नयाँ शहरसहित दुईवटा शहर निर्माणको क्रम जारी गरेको भन्दै प्रतिवेदनमा उठाएका महत्वपूर्ण विषय कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफल र निर्देशन दिइसकेको समेत बताए ।

‘मुख्यसचिवसहित सचिवहरूसँग गहन छलफल भएको छ । समन्वयका लागि एमाले नेता विष्णु पौडेलसँग पनि अलग्गै छलफल भइरहेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘सरकार यो विषयमा गम्भीर छ । उल्लेख्य सुझाव आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिन्छ ।’ नेकपा एमालेले गत मङ्सिरमा मध्य पहाडी सङ्कल्प यात्राका क्रममा आएका सुझावलाई प्रधानमन्त्रीसमक्ष बुझाएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *