नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित

काठमाडौँ । नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको छ ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा नेदरल्याण्डसले नामिबियालाई ७ विकेटले पराजित गरेको हो । नामिबियाले दिएको १२४ रनको लक्ष्य पछाएको नेदरल्याण्डसले २७.२ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ३५।१ ओभरमा अल आउट हुदै १२३ रन मात्र बनाएको थियो । नामिबियाको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा नेदरल्याण्डसका बलर आर्यन दत्तले सर्बाधिक ६ विकेट लिएका थिए । आर्यनले ९ ओभरमा ३४ रन दिएर ६ विकेट लिएका थिए ।

योजित सँगै नेदरल्याण्डसले लिग-२ मा २ अंक हासिल गरेको छ । लिग-२ का २-२ खेल सकिदा नेपाल, नामिबिया र नेदरल्याण्डसको २-२ अंक भएको छ र रनरेटको आधारमा नेपाल शिर्ष स्थानमा रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *