बिन्धवासिनी सहकारीको वित्तीय विवरण

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले यस आर्थिक बर्षको माघ महिनासम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । सहकारी विभागको निर्देशन अनुसार संस्थाले हरेक महिना समाप्त भएको पहिलो साता भित्र वित्तीय विवरण प्रकाशित गर्दै आएको छ । संस्थाले प्रकाशित गरेको विवरण अनुसार गत महिनाको माघ मसान्तसम्म्म शेयर पुँजी ५१ करोड ४ लाख २५ हजार, साधारण जगेडा कोष ३५ करोड ९ लाख ५२ हजार, विभिन्न कोषहरु २१ करोड ९ लाख ७५ हजार र कूल संस्थागत पुँजी ३५ करोड ७२ लाख पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केबि लामा स्याङ्तानले बताए । त्यसैगरी संस्थाले ३ अर्ब ४२ करोड ६५ लाख बचत संकलन गरी ३ अर्ब ५५ करोड ६३ लाख ऋण परिचालन गरेको छ । संस्थामा २५.१८ प्रतिशत अर्थात ८६ करोड २९ लाख २२ हजार तरलता रकम रहेको छ । ४ अर्ब ७७ करोड ८५ लाख ९९ हजार कूल सम्पत्ति रहेको संस्थामा ५३ हजार ३ सय २८ सदस्य र १० हजार ५ सय १३ शैक्षिक बाल बचतकर्ता आवद्ध रहेका छन् । संस्थाबाट ११ हजार ३ सय ४१ जना सदस्यले ऋण लिएर विभिन्न पेशा तथा व्यवसाय गर्दै आएको वित्तीय विवरणमा उल्लेख छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *