रामबाबु गुरुङको निर्देशित ‘डिग्री माइला’

वैशाख १ गते रिलिज तयारीमा रहेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइलाको एमए थर्ड क्लास’को टिजर सार्वजनिक भएको छ । निर्माण कम्पनी बाँसुरी फिल्म्सले सोमबार युट्युबबाट टिजर भिडियो सार्वजनिक गरेको हो । साढे तीन मिनेट लामो टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ । गाउँको बेरोजगार डिग्रीधारीलाई शिक्षकको जागिरमा लिन हेडमास्टरले कनिकुथी अंग्रेजीमा लिएको प्रसंगदेखि आफैंलाई अहम् ठान्ने डिग्री माइलाको चरित्रको किस्सा यसमा छ । आँचल शर्मासँग दयाहाङ राईको रोमान्टिक दृश्य पनि यसमा समेटिएको छ ।

दयाहाङ र आँचलको शीर्ष भूमिका रहेको सोसल(ड्रामा फिल्मले ‘डिग्री माइला’ नामक चरित्रलाई पछ्याउँछ, जोसँग स्नातकोत्तरको प्रमाणपत्र त छ तर जसले पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन । आदर्शवादी लाग्ने यो चरित्रले शैक्षिक बेरोजगारीमाथि व्यंग्य गर्छ । डिग्री माइला चरित्रमार्फत निर्देशकले मुलुकको राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गरेका छन् । यसअघि सोही नाममा दयाहाङ निर्देशित नाटक समेत मञ्चन भइसकेको छ । फिल्म निर्माणमा बाँसुरी फिल्म्स र सुष्मा प्रोडक्सनले सहकार्य गरेका छन् । ओखलढुंगा र काठमाडौंमा छायांकन भएको फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे समेत अभिनय छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई फिल्मले बटमलाइन बनाएको छ । रामबाबुले ‘डिग्री माइला’ रिलिजपछि २०८१ सालमा ‘सुन्दर बजार’ र ‘कबड्डी ५’ बनाउने तयारी गरिरहेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *