शुक्रराज ट्रपिकल अस्पतालमा हिमालयन बैंकको नगद काउन्टर

काठमाण्डौं । हिमालयन बैंक लिमिटेडले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा फाल्गुण ९ गते देखि नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । अस्पातालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसंग नगद संकलन गर्ने सम्झौता गरेको हो । नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका छन्।

बैंकले अस्पतालमा उक्त सेवा सार्वजनिक विदाका दिनमा समेत गरी २४ सै घण्टा प्रदान गर्नेछ । सो काउन्टरमा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले क्यू आर मार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको जनाएको छ । उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार÷आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *