‘जनप्रतिनिधिसँग जनसचेतन’ कार्यक्रम

कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटीले सहकारीसँग सहकार्य गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जनसचेतन बचत तथा ऋण सहकारी सहकारी दोलखाले आयोजना गरेको ‘जनप्रतिनिधिसँग जनसचेतन’ कार्यक्रममा बोल्दै शिवाकोटीले देशकै नमुना सहकारी संस्था जनसचेतनसँग सहकार्य गरेर काम गर्न पालिका तयार रहेको बताए। शिवाकोटीले भने,“कृषि,पशुुपालन,सहितका नागरिकको जीविकोपार्जनका लागि पालिका सहकारीसँग सहकार्य गरेर काम गर्न तयार छ । शिवाकोटीले सहकारीको भाखानाघेको ऋण उठानका लागि समेत पालिकाले पहल गरि दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ऋण तिर्न सक्ने ऋणीहरुसँग पालिकाले प्रदान गर्ने सेवासुविधाहरु रोकेर भएपनि ऋण उठाउन पहल गरिदिने उनले दिए । गाउँपालिकासँग सहकार्य गरेर शेयर सदस्यहरुको जीविकोपार्जनका लागि स्थानीय सरकारसंग समन्वय गरी काम गर्ने उद्धेश्यले सहकारी सहकारीले जनप्रतिनिधिसँग जनसचेतन कार्यक्रमलाई सुरु गरेको हो। जनसचेतनका जनसम्पर्क शाखा प्रमुख राजन दहालका अनुसार गाउँपालिकासंगको सहकार्यमा सहकारी अभियानलाई विश्वसनीय र भरपर्दो बनाउने अभियान अन्तरगत उक्त कार्यक्रम गरिएको हो ।

पहिलो पटक कालिञ्चोकमा कार्यक्रम गरेको र जिल्लाका ९ वटा पालिका क्रमश गर्दै लगिने सहकारीका वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले जानकारी गराए। वरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठले सहकारी कार्यक्रममा संस्था र गाउँपालिकाले समन्वय गरेर गर्न सक्ने कार्यक्रम, संस्थाको अवस्था, सहकारी संस्थाहरुले गरिरहेको गतिविधि, गाउँपालिको भूूमिका र अपेक्षाका विषयमा सहजीकरण गरेका थिए । कालिञ्चोक गाउँपालिकाको कार्यालयमा भएको गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकी, गाउँपालिका प्रमुख प्रसासकीय अधिकृत नवराज वली, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जनसचेतन सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज दहाल, जनसम्पर्क अधिकृत राजन दहाल, लेखा तथा प्रशासन अधिकृत नविन्द्र रिमाल जनसचेतन सुन्द्रावती सेवा केन्द्र प्रमुख गणेश थामी लगायतको उपस्थिति रहेको थियो। संस्थाको गत माघ मसान्तसम्म शेयरपुँजी १६ करोड ६१ लाख, जगेडा कोषमा १७ करोड ५८ लाख, कुल बचत रकम १ अर्ब ८२ करोड ७ लाख, कुल लगानीमा रहेको ऋण रकम १ अर्ब ७७ करोड १२ लाख तथा विभिन्न कोषहरुमा ११ करोड ९२ लाख सहित कुल सम्पत्ति २ अर्ब ४८ करोड ९२ लाख पुगेको छ । त्यस अवधिमा संस्थामा कुल सदस्य २७ हजार ८७८ र कुल ऋणी सदस्य संख्या ३ हजार ७६५ रहेको छ । माघ मसान्तमा संस्थामा २०.८७ प्रतिशत तरलता रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *