देशैभर मौसम बदली हुने सम्भावना

काठमाडौं । देशका केही भू–भागमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज वर्षाको सम्भावना रहेको छ । आज देशका धेरै स्थामा बदली र पहाडी भू–भागमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागको थोरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ । वाग्मती प्रदेशमा पनि वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछाने बताउँछन् । वाग्मती प्रदेशका पहाडी भू–भागमा वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना छ । उनका अनुसार काठमाडौंमा दिउँसो छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । र विभागले राति कोसी, मधेस र वाग्मती प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *