नेशनल लाइफ इन्स्योरेन्स ३७ औं बर्षमा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३७ औं वर्षमा प्रवेश गरेको छ । सरकारी बीमा कम्पनीले मात्रै जनताको बीमा हुन नसक्ने देखेर २०४४ साल फागुन १० गते स्थापना गरिएको नेशनल लाइफ इन्स्योरेन्सले आज ३७ औं बार्षिकोत्सव भव्य रुपमा मनाउँदैछ । आम सर्वसाधारणलाई घरदैलोमा नै जीवन बीमा सेवा दिने उद्देश्यले स्थापना भएको नेपालकै पहिलो निजि क्षेत्रका जीवन बीमा कम्पनीले ३७ बार्षिकोत्सवको अवसरमा बीमितलाई अधिकतम बोनस र लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने प्रतिबद्धता जाहेर गरेको छ । बोनसदरको आधारमा सर्वोत्कृष्ट बोनस दिँदै आएको कम्पनीले आगामी दिनमा अझै सुधार गरेर बीमितलाई अधिकतम् लाभ दिने प्रतिबद्धता जनाएको छ । ३७ औं बार्षिकोत्सवको अवसरमा रक्तदान लगायतका कार्यक्रमहरु देशैभरि आयोजना गरिने कम्पनीले जनाएको छ । त्यस्तै बृद्धाश्रममा पुगेर खाना खुवाउने कार्यक्रमहरु पनि रहेका छन् । आम जनतालाई विश्वस्तरीय बीमा सेवा दिने उद्देश्यले संस्थापित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजको दिनसम्म आईपुग्दा जीवन बीमा कोषको आधारमा तेस्रो र व्यवसाय बृद्धिदरको आधारमा दोस्रो ठूलो कम्पनीको रुपमा आम जनतालाई सरल र सर्वसुलभ रुपमा बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । देशका ७७ वटै जिल्लामा आफ्नो उपस्थिति दर्शाएर कम्पनीले आम जनताको जीवन बीमालाई सरल र सहज बनाउँदै आएको छ । नेपाल सरकारको लगानी रहेको राष्ट्रिय बाणिज्य बैंक मुख्य प्रबर्द्धक रहेको कम्पनीमा संस्थापक लगानीकर्ताको ५५ प्रतिशत र सर्वसाधारण समुहको ४५ प्रतिशतले शेयर संरचना रहेको छ ।

जीवन बीमाको दीगो लक्ष्य लिएर अघि बढिरहेको छ । पाँच अर्ब एक करोड १६ लाख ६६ हजार ४ सय २५ रुपैयाँ चुक्ता पुँजि रहेको छ । पछिल्लो तथ्याङ्क चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष ७१ अर्ब ४४ करोड रुपैयाँ संचिती गर्न सफल भएको छ । हाल कायम १५ लाख ९२ हजार ७७६ (पुस मसान्तसम्म) वटा बीमा पोलिसी जारी रहेको छ । कम्पनीले पछिल्लो छ महिनामा आठ अर्ब ६७ करोड बढि बीमा शुल्क संकलन गर्न सफल भएको छ । ३७ औं बार्षिकोत्सवको अवसरमा प्रविधिको सहायताबाट सरल र सर्वसुलभ बीमा सेवा प्रवाह गर्न प्रतिबद्धता जनाएको छ । अधिकतम् ८५ रुपैयाँ घोषित बोनस दर रहेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी नेपालकै सर्वाधिक बोनस दिने कम्पनी हो । नेपालकै सर्वाधिक बोनस दिने कम्पनी भएकोले देशको चरम आर्थिक संकटको अवस्थामा समेत उल्लेख्य प्रगति गरेर अघि बढ्न सफल हुँदै आएको छ ।७ औं बार्षिकोत्सवको अवसरमा बीमितले पाउने बोनसदरमा अधिकतम बृद्धि, लगानीकर्ताहरुलाई समुचित प्रतिफल तथा आम सर्वसाधारणलाई सरल बीमा सेवा प्रवाह गर्दै आएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशका ११७ वटा शाखा र उपशाखा कार्यालयमार्फत बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । देशैभरि फैलिएका एक लाख भन्दा बढि बीमा अभिकर्ता, हजारौं एजेन्सी म्यानेजर तथा सिनियर एजेन्सीहरुमार्फत आम जनतामा बीमा सचेतना फैलाउँदै आएको कम्पनीले पछिल्लो समय बीमा व्यवसायमा दरिलो उपस्थिति दर्शाउदै अघि बढिरहेको छ । कम्पनीमा ४८० जना कर्मचारीहरु कार्यरत रहेका छन् । ३७ औं बार्षिकोत्सवको अवसरमा कम्पनीका सिईओ सुरेश प्रसाद खत्रीले नेपालको जीवन बीमा बजारमा पूर्ण व्यवसायिक अभ्यास, प्रविधिमैत्री जीवन बीमा सेवा, पारदर्शीता, विश्वसनीयता र इमान्दारितालाई मुख्य मार्गदर्शक सिद्धान्तको रुपमा अंगालेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘धेरै पुरानो इतिहास बोकेको ३७ वर्ष पुरानो कम्पनी भएको नाताले ग्राहक र अभिकर्ताप्रति विशेश प्रकारको धन्यवाद दिन चाहन्छौं’ सिईओ सुरेश प्रसाद खत्रीले प्रतिबद्धता जनाउँदै भने ‘आम ग्राहकहरुको विश्वासले नै आजको दिनमा नेशनल लाइफ इन्स्योरेन्स यहाँ आईपुगेको हो, बीमा अभिकर्ता र कर्मचारीहरुको अथक मेहनतको परिणाम स्वरुप ३७ वर्षसम्म कम्पनीले उत्कृष्ट बीमा सेवा दिन सफल भएको छ । नियामक निकायको उचित मार्गदर्शन र सञ्चालक, पूर्व सिईओहरुको योगदानका कारण देशकै सर्वाधिक लोकप्रिय कम्पनी बन्न सफल भएको छ । बार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई आजको अवस्थामा पुर्याउन योगदान गर्ने सबै पूर्व सिईओ तथा अध्यक्षहरु, कर्मचारीहरु, बीमा गर्ने बीमितहरु तथा बीमा अभिकर्ता र नियामक निकायलाई धन्यवाद ज्ञापन गरेका छन् । ३७ औं बार्षिकोत्सवको अवसरमा सिईओ खत्रीले आगामी दिनमा कम्पनीको बोनस घट्न नदिई अझै बृद्धि गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाउँदै आजको दिनमा सबैलाई खुशी मनाउन आह्वान गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *