रास्वपाद्वारा बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग

काठमाडौं । रास्वपाका सांसद वीराजभक्त श्रेष्ठले बालकुमारी घटनाको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा विषेश समय लिएर बोल्दै रास्वपाका संसदीय दलका उपनेतासमेत रहेका श्रेष्ठले प्रतिवेदन बुझाएको यत्रो दिन हुँदा पनि प्रधानमन्त्रीले प्रतिवेदन अध्ययन गरिसकेको छैन भन्ने जवाफ दिएको भन्दै आपत्ति जनाए । उनले यतिका दिनसम्म पढेर नसक्ने प्रतिवेदन कस्तो छ ? भन्दै प्रश्न गरे । ‘कति लामो प्रतिवेद हो त्यो ? पढ्नलाई गाह्रो भए, हामीलाई ल्याइदिनु, हामी वाचन गरेर सुनाइदिन्छौं ।

यसरी प्रतिपक्षलाई नसुन्दै जाने हो भने संसद् अवरुद्ध हुन्छ । आन्दोलन पनि हुन्छ,’– उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *