विराट गोल्डकप चैत १५ देखि

काठमाण्डौ । आठौं विराट गोल्डकप फुटबल प्रतियोगिता चैत १५ देखि २४ गतेसम्म सञ्चालन हुने भएको छ । आयोजक विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुसार प्रतियोगितामा १० टोली सहभागी हनेछन् । सहभागी हुने टोलीको टुंगो भने लागिसकेको छैन । मैदान व्यवस्थापनदेखि सहभागी क्लबहरुसँग समन्वय गर्नेलगायतको काम भइरहेको उनले बताए । उनका अनुसार यो पटक पनि प्रतियोगिता रात्रिकालीन हुनेछ । यो पटक प्रतियोगिताको पुरस्कार राशी भने झन्डै आधा घटाइएको छ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

गत वर्ष विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख ५१ हजार रुपैयाँ पुरस्कार पाएका थिए । गतवर्ष गोल्डकप आयोजना गर्दा घाटा लागेका कारण यो वर्ष पुरस्कारको राशी घटाएको ट्रष्टका अध्यक्ष शाहीले बताए । ‘यो पटक ट्रष्ट आफैंले प्रतियोगिता आयोजना गर्दैछ,’ उनले भने, ‘आर्थिक मन्दी र गत वर्ष घाटा भएका कारण यो वर्ष पुरस्कारको राशि घटाइएको हो । २०१८ सालदेखि तत्कालीन राजा महेन्द्रको नामबाट सुरु गरिएको गोल्डकप २०६२,०६३ सालको जनआन्दोलनपछि नाम परिवर्तन गरेर २०६८ सालबाट विराट गोल्डकपको नामबाट प्रतियोगिता हुँदै आएको छ । गतवर्ष विराटनगर फुटबल क्लब र भारत केरलाको लुका सकर क्लबबीच भएको फाइनल खेलमा विराटनगरले उपाधि जितेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *