क्रिकेट विश्वकप लिग-२ : नामिबिया नेदरल्याण्डसमाथि शानदार जित

काठमाडौँ । नामिबियाले नेदरल्याण्डसमाथि शानदार जित हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेल अन्तर्गत नामिबियाले नेदरल्याण्डसलाई २४ रनले पराजित गरेको हो ।

टियु मैदानमा लिग-२ को यस सिरिजमा पहिला ब्याटिंग गरेर जित हासिल गर्ने नामिबिया पहिलो देश बनेको छ । नामिबियाले दिएको २०४ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४३.५ ओभरमा अल आउट हुदै १७९ रन मात्र बनाए पछि खेल २४ रनले हारेको हो । यस अघिका यस लिगका सबै खेलमा पहिला ब्याटिङ गर्ने देशले हार बेहोरेका थिए । टस खेलमा यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नामिबियाले ४१.३ ओभरमा अल आउट हुदै २०३ रन बनाएको थियो ।

यो नामिबियाको लिग-२ को यस सिरिजमा चौथो खेलमा तेस्रो जित हो । ४ खेलमा ३ जितसहित नामिबियाको ६ अंक भएको छ र लिग-२ को पहिलो सिरिज पनि जितेको छ । त्यसैगरी नेदरल्याण्डसको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ ।

अब यस सिरिजको अन्तिम खेलमा आइतबार नेदरल्याण्डसले नेपालको सामना गर्दै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *