प्रभु इन्स्योरेन्समा रोजगारको अवसर

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट विभिन्न पदमा केही संख्यामा दरखास्त आह्वान गरेको हो । यसमा सिनियर अफिसर (असिस्टेन्ट मेनेजर) का लागि कम्तिमा ब्याचलर डिग्री उत्तीर्ण गरी चार्टर्ड एकाउन्टेन्सी पास गरेको र अफिसरका लागि कम्तिमा ब्याचलर डिग्री उत्तीर्ण गरेको हुनुपर्नेछ ।

अनुभव भएकालाई प्राथमिकता दिइनेछ । उमेरको हदमा भने ३५ वर्ष नकटेको हुनुपर्नेछ । तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र दरखास्त आवेदन पेश गर्नुपर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *