आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल

काठमाडौँ । ‘आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिप’ को आठौँ संस्करण चैतमा आयोजना हुने भएको छ । नेपाल भलिबल संघले सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गरी प्रतियोगिता चैत ३ देखि १० गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ नौ टोलीको सहभागिता रहने छ । प्रतियोगिताको मुख्य प्रायोजक राष्ट्रिय बाणिज्य बैंक रहेको छ । नेपाल भलिबल संघ र राष्ट्रिय बाणिज्य बैंकले प्रायोजन सम्बन्धि सम्झौतामा हस्ताक्षर पनि गरेका छन् । संघको तर्फबाट अध्यक्ष जितेन्द्रबहादुर चन्द र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । यसअघि पनि राष्ट्रिय वाणिज्य बैंकले नै प्रतियोगितालाई प्रायोजन गर्दै आएको थियो । प्रायोजनवापत राष्ट्रिय वाणिज्य बैंकले भलिबल संघलाई १८ लाख रुपैयाँ उपलब्ध गराउने छ । प्रतियोगिताको दुबैतर्फको विजेताले पाँच–पाँच लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले दुई लाख ५० हजार र तेस्रो हुने टोलीले एक लाख २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *