नेटोको सेना रूससँग लड्न आए आणविक युद्ध हुने पुटिनको चेतावनी

मस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरूले आणविक युद्धलाई निम्ताउन खोजिरहेको आरोप लगाएका छन् । एक सम्वोधनमा रूसी राष्ट्रपति पुटिनले पश्चिमी देशहरूलाई भने कि यदि उनीहरूले युक्रेनमा लड्न सेना पठाए भने उनीहरूले आणविक युद्धलाई उक्साउने जोखिममा छन् भनेर बुझ्नु पर्नेछ ।

उनले आफनो सम्बोधनमार्फत यो चेतावनी पनि दिए कि मस्कोसँग पश्चिममा लक्ष्यहरू प्रहार गर्न हतियारहरू प्रशस्त मात्रामा रहेका छन् । युक्रेनसँगको जारी युद्धले सन् १९६२ को क्युवाली मिसाइल संकटपछि पश्चिमसँगको मस्कोको सम्बन्धमा सबैभन्दा खराब संकट निम्त्याएको पश्चिमा सञ्चारमाध्यमले उल्लेख गर्दै आएका छन् । तर, पुटिनले त्यसको प्रतिबाद गर्ने जनाएका छन् । पुटिनले पहिले नै नेटो र रूसबीचको प्रत्यक्ष टकरावको खतराको बारेमा बोलेका थिए तर बिहीबारको आफ्नो भाषणामा भने उनले आणविक युद्धको चेतावनी दिए । जुन अहिलेसम्मकै सबैभन्दा सबैभन्दा स्पष्टमध्ये एक मानिएको छ ।

रूसी सांसदहरू र देशका कुलीन वर्गका अन्य सदस्यहरूलाई सम्बोधन गर्दै ७१ बर्षीय पुटिनले पश्चिमा देशले रूसलाई कमजोर पार्ने कोशिस गरिरहेको पनि आरोप लगाएका छन । उनले भने, ‘पश्चिमी नेताहरूले रूसको आन्तरिक मामिलामा उनीहरूको हस्तक्षेप कत्तिको खतरनाक हुन सक्छ भनेर अझै बुझेका छैनन ।’ उनले आफ्नो आणविक चेतावनीलाई फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार युक्रेनमा भू–सेना पठाउने युरोपेली नेटो सदस्यहरूको विचारलाई विशेष सन्दर्भमा प्रस्तुत गरेका छन । फ्रान्सेली राष्ट्रपतिको सुझावलाई तत्काल संयुक्त राज्य अमेरिका, जर्मनी, बेलायत र अन्यले तुरुन्तै अस्वीकार गरेका थिए ।

‘पश्चिमी राष्ट्रहरूले यो बुझ्नुपर्छ कि हामीसँग पनि हतियारहरू छन्, जसले उनीहरूको भूमिमा लक्ष्यहरू प्रहार गर्न सक्छ । यी सबैले साँच्चै आणविक हतियारको प्रयोग र सभ्यताको विनाशको साथ द्वन्द्वलाई धम्की दिन्छन, के तिनीहरूले बुझ्दैनन् ?’ पुटिनले भने । मार्च १५–१७ को राष्ट्रपति चुनाव अघि बोल्दै जब उनी अर्को ६ वर्षको कार्यकालको लागि पुनः निर्वाचित हुने निश्चित छन्, उनले रुसको विशाल आधुनिक आणविक हतियार संसारमा सबैभन्दा ठूलो भएको कुराको प्रशंसा समेत गरेका छन् ।

‘रणनीतिक आणविक शक्तिहरू पूर्ण तयारीको अवस्थामा छन्,’ उनले भने, ‘नयाँ पुस्ताका हाइपरसोनिक आणविक हतियारहरू पनि मौज्जादमा छन् ।’ जुन उनले २०१८ मा पहिलो पटक बोलेका जानकारी दिएका थिए कि ती हतियार तैनाथीमा राख्नका लागि विकास गरिएको र पुनः परीक्षण पूरा भइरहेको अवस्थामा छ ।

स्पष्ट रूपमा क्रोधित पुटिनले पश्चिमी राजनीतिज्ञहरूलाई नाजी जर्मनीको एडोल्फ हिटलर र फ्रान्सका नेपोलियन बोनापार्ट जस्ता व्यक्तिहरूको भाग्य सम्झन सुझाव दिए, जसले विगतमा रूसमा असफल आक्रमण गरेका थिए । ‘तर, अब परिणाम धेरै दुःखद हुनेछ ।’ ‘उनीहरूले यो युद्धलाई एक कार्टुन हो भन्ने ठान्छन्,’ उनले अगाडी भने, ‘यदि त्यस्तो भए (नेटो सेना भिडन आएमा) पश्चिमा राजनीतिज्ञहरूले वास्तविक युद्धको अर्थ के हो भनेर सम्झने छन् किन भने तिनले युद्ध बिर्सेका छन् ।’ उनले यो पनि आरोप लगाए पश्चिमाहरूले विगत तीन दशकमा रुसीहरूले जस्तो सुरक्षा चुनौतीहरूको सामना गरेका थिएनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *