संसदमा उपस्थित भएर जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारलाई संसदमा उपस्थित भएर जवाफ दिन रुलिङ गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुले मन्त्रीहरुको राजीनामा लगायत समसामयिक विषयमा सरकारले जवाफ नदिएको भन्दै विरोध गरेपछि सभामुख घिमिरेले रुलिङ गरेका हुन् ।

सभामुखले फागुन २१ गते बस्ने संसदको बैठकमा उपस्थित भएर जवाफ दिन रुलिङ गरेपछि संसद बैठक सुचारु भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *