हिमालयन लाइफले संचालन गर्यो बीमा जागरण अभियान

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बिर्तामोड शाखाले बीमा जागरण अभियान संचालन गरेको छ । बाह्रदशी गाउँपालिका वडा नम्बर ५ मा वडा अध्यक्ष वीरबहादुर सिंह राजवंशीको प्रमुख आथित्यता उक्त कार्यक्रम संचालन भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिंहले बीमा जागरण अभियानले स्थानीय निकाय तथा सर्वसाधरणलाई बीमा सम्बन्धी जनचेतना हुने साथै आगामी दिन हरुमा पनि यस्ता कार्यक्रम गर्नु पर्ने जोड दिए ।

कम्पनीका प्रदेश उप प्रमुख नवीन मिश्रले जागरण अभियानका लागि इन्स्योरेन्सले सर्वसाधारणलाई बीमाको दायरामा समेट्न यस्ता कार्यक्रमले सहयोग गर्ने तथा सबै पक्षको हातेमालो बीमा साक्षरता बढाउने कुरामा जोड दिए । वीमा अभियानमा जोडी बीमा दायरामा आउन आग्रह गर्दै सम्पन्न भएको कार्यक्रममा स्थानीयबासी वाड सदस्य, एजेन्सी मेनेजर लगायत भव्य सहभागी रहेको थियो । कार्यक्रममा बिर्तामोड शाखा प्रमुख बद्री प्रसाद भण्डारी, एजेन्सी मेनेजर श्रृजना ढुंगेल श्याम प्रसाद रिजालको उपस्थिती रहेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *