नयाँ मन्त्रीहरुले लिए शपथ ,मन्त्रालयको जिम्मेवारी तोकिन बाँकी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

सोमबार तीन नयाँ मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त बिना विभागीय मन्त्रीहरूले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका थिए । हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद आर्यालले नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कार्यविभाजन अनुसार सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले सम्हाल्ने छन् । नयाँ मन्त्रीले शपथ लिएपनि कार्यभार भने तोकिन बाँकी रहेको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो ।

rr
सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *