नेपालले नेदरल्याण्डसबीच प्रतिस्पर्धा गर्दै ,नेपालले पहिला ब्याटिंग गर्ने

काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डसबीच प्रतिस्पर्धा हुदै छ ।

टियु मैदानमा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेदरल्याण्डसले पहिला बलिङ गर्ने भएको छ । जारी सिरिजमा नेदरल्याण्डस ४ खेलमा २ जित र एक खेलको नतिजा नआएपछि ५ अंकसहित शिर्ष स्थानमा रहेर फाइनलमा पुगेको छ भने नेपाल ४ खेलमा २ जित हासिल गर्दै ४ अंकसहित दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।

नेपालको प्लेइङ -११ मा आज कुनैपनि परिवर्तन गरिएको छैन नेपालको प्लेइङ ११-रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, अरिफ सेख, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, र अविनाश बोहोरा ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *