सभापति देउवा अध्यक्ष नेपाललाई भेट्न उनको निवासमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवासमा पुगेका छन् ।

सत्ता गठबन्धनमा सामेल हुने वा नहुने भन्ने विषयमा पार्टीभित्र छलफल गरिरहेका नेपालसँग अप्रत्यासितरुपमा प्रतिपक्षी कित्तामा पुगेको कांग्रेस सभापति देउवाले भेट गर्न लागेका हुन् । देउवा केहीबेर अघि मात्रै कोटेश्वरस्थित नेपालको निवासमा पुगेको श्रोतले जनाएको छ ।

अध्यक्ष नेपाललाई मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि घरमै पुगेर नयाँ गठबन्धनमा सामेल हुन आग्रह गरेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले एमाले, रास्वपा र जसपासँग नयाँ गठबन्धन गरेपछि विभिन्न राजनीतिक दलका नेताहरुको दौडधुप बढेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *