सुनको मूल्यबजारमा आज पुनः नयाँ रेकर्ड

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला एक लाख २३ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला पाँच सयले बढेर नयाँ उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २२ हजार नौ सय कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २२ हजार चार सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार चार सय ४० तोकिएको महासङ्घले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *