महालक्ष्मी विकासद्वारा नवराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौं । महालक्ष्मी विकास बैंकले नवराजबहादुर सिंह जेहेन्दार छात्रवृत्ति कैलालीको धनगढीमा रहेको श्री त्रिनगर माध्यामिक विद्यालयमा अध्यनरत हिराकुमारी जोशीलाई सो छात्रावृत्ति प्रदान गरिएको छ । कक्षा १० अध्ययनमा सहयोग पुग्ने उद्देश्यका साथ जोशीलाई सो छात्रवृत्ति प्रदान गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिलकुमार नेपालले जोशीलाई सो छात्रावृत्ति हस्तान्तरण गरेका थिए ।

७ वटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. नवराजबहादुर सिंहको स्मृतिमा स्थापना गरिएको छात्रावृत्ति हो । अध्ययनमा उत्कृष्ट तर आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई ५० हजार रुपैयाँ बराबरको छात्रवृित्त उपलब्ध गराइएको बैंकका सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख नेपालले जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *