एकीकृत समाजवादीका माग पुरा गर्न प्रचण्ड र ओली सकारात्मक

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनसँग सहमतिमा हस्ताक्षर गरेका छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग भएको छलफलमा अध्यक्ष नेपालले लिखित सहमतिमा हस्ताक्षर गरेका हुन् । यसअघि एमाले, माओवादी, रास्वपा र जसपाले आठ बुँदे सहमति गरेका थिए । एकीकृत समाजवादीले पनि सो सहमतिमा हस्ताक्षर गरेपछि पाँच दलीय गठबन्धन बनेको छ ।

लिखित सहमतिपछि एकीकृत समाजवादीले राष्ट्रियसभा अध्यक्ष र प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ । एकीकृत समाजवादीले अध्यक्ष नेपाललाई कम्तिमा एक बर्ष प्रधानमन्त्री बनाउन राखेको मागमा प्रचण्ड र ओली सकारात्मक भएपछि सहमतिमा हस्ताक्षर भएको बताइएको छ ।

साथै एकीकृत समाजवादीले कम्तिमा एक प्रदेशको नेतृत्व खोजेको र अन्य प्रदेशमा सम्मानजनक सहभागिता खोजेको विषयमा पनि प्रचण्ड र ओली सकारात्मक भएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *