राष्ट्रियसभाको गरिमा र महत्व बढाउन पहल गर्छु : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले उक्त सभाको गरिमा र महत्व बढाउन आफूले पहल गर्ने बताएका छन् ।

सभा अध्यक्षमा निर्वाचित भएपछि बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले यस संस्था अत्यावश्यक संस्था हो भन्ने मान्यता स्थापित गर्न भूमिका खेल्ने बताए । “राष्ट्रियसभाले गर्नुपर्ने सबै दायित्व र भूमिकालाई पूरा गराउन म सबै दलसँग आवद्ध सदस्यलाई एकतावद्ध बनाएर लैजान प्रतिवद्ध छु । त्यसमा सफल हुन्छु भन्नेमा मलाई आत्मविश्वास पनि छ’’, अध्यक्ष दाहालले भने।”

संविधानमा उल्लेख भएअनुसार राष्ट्रियसभाले निर्वाह गर्नुपर्ने भूमिका तथा कार्यपालिकासँग जोडिएर आउने भूमिकालाई स्थापित गर्नेतर्फ आफूले काम गर्ने उनको भनाइ छ । राष्ट्रियसभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरताका साथ लिएर आफू अगाडि बढ्ने बताउँदै उनले कानुन निर्माण या अन्य सवालमा सभाको गरिमा बढाउनेतर्फ आफू लाग्ने उनको भनाइ थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *