राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका दाहाल निर्वाचित

काठमाडौँ । राष्ट्रियसभाको अध्यक्ष पदमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका नारायण दाहाल विजयी भएका छन् ।

आज (मंगलबार) राष्ट्रिय सभामा भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ । मतदानमा ५६ जना सांसद उपस्थित थिए । यसअघि नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्मालाई अध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो । सो प्रस्तावको पक्षमा १७ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो । सत्ता साझेदार दलहरुका तर्फबाट उम्मेदवार बनेका दाहाललाई एमाले, एकीकृत समाजवादी र जसपाका सांसदहरुले मत दिएका थिए । त्यस्तै कांग्रेस उम्मेदवार शर्मालाई लोसपाले समर्थन गरेको थियो

राष्ट्रिय सभाको अध्यक्षका लागि भएको मतदानमा राष्ट्रिय जनमोर्चाले मतदानमा भाग लिएन । सभाको अध्यक्षता गरेकी उपाध्यक्ष उर्मिला अर्यालले निर्वाचनमा कुल ५६ जना सदस्य उपस्थित भएकामा दाहालको पक्षमा ३९ मत खस्यो भने विपक्षमा १७ मत खसेको जानकारी दिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *