८३ वर्षिय जेष्ठ नागरिक

हातमा लौरो शिरमा टोपि
ठमठम हिड्ने मुहार नछोपि ।११

दौरा सुरुवाल ज्वारिकोट
मनमा छैन उनको खोट ।१२

बोलि रहेछ मन्द मुस्कान
हिड्दा रहेछन् पाउँ समान ।१३

कमि छैन उनको धेय
मनमा छैन उनको गेय ।१४

सबका सामु आई बोल्ने
मनमा खोट नराखि खोल्ने ।१५

छोरा छोरी सवजन साथि
हृदय भित्र भन्दानि माथि ।१६

रहेछन गाउँघरमा जेष्ठ
छैन रिष सव छन ईष्ट ।१७

पवित्र भाव बोकि हिड्ने
सबजनहरुमा माया दिने ।१८

रिषराग खोट छैन मनमा
दिन्छन ज्ञान आफ्ना जनमा ।१९

भर नपर्ने आफ्नै छ गोेजि
हिडदा रहेछन् दुखिजन खोजि ।२०

उनका भावना मैले बुझे
विना पानि असिनामा रुझे ।२१

संगिनीले छोडि गएसि
रुन्छ मन एक्लो भएसि ।२३

धन दौलत जति भएनि
याद मेटिन्न छोडि गएनि ।२३

यादका तिदिन जोखेर
भन्ने गर्छन व्यथा पोखेर ।२४

रहेछन ज्ञानी मान समान
भन्छन सबमा भार नमान ।।२५ ।

बिस्वनाथ ढुंगेल
संयोजक
जेष्ठ नागरिक समन्वय समिति
३ नं वडा , बालकोट ।।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *