बिपि मेलमिलाप २०८०

चिन्ता थियो यो देशको बिपि रहे अटल
भाइचारा गरे बढे सर्वत्र मेलमिलाप ।१

थिए बिचार उनका राज्य अगाडि बढोस्
विपिका चिन्तनले स्वाधिनता सबलाई चढोस् ।२

भावना थियो विपिका अन्याय रुपि नहोस ३
जनता बलियो बनाउने धारणा मात्र होस ।

देशका नेता भनेको यस्तो पो हुनु पर्दछ
सहि मार्ग पहिल्याउँ अनि मात्र गुण सर्द्दछ।४

राजा र जनताबिच सम्वाद ल्याई दिए
भन्ने सोचमा उनको जनले गुणगान लिए ।५

गरिव जनको मात्र भलाई गर्ने उनको धेय
न्यायका लडाई गर्दा राज्यले लियो गेय।६

निष्कपठ छलमा भन्थे नि राज्य बढोस्
गरिवजनहरुमा निस्वार्थि भाव चढोस् ।७
जेलनेल खाए पनि उनीदेखि राज्य तर्सिए
उनकालागि बैरिहरु गोलासरि बर्सिए ।८

सम्पति लोभलाभमा उनि भए बैरिसरि
जनमा दुख भए विपि घुम्थे रे वरि परि ।। ९

अहिलेका नेतामा छैन त्यस्तो गुण खोई भन
एकलौटि पाउँछु भनी उतै पार्छौ तन र मन ।१०

सिष्टता मिलाउँ अवता कांग्रेस एक्लै लड
स्वतन्त्र दिन्छु भनी जनमा आज्ञा लिईअघि बढ ।११

साना ठुला नभन नेता शिक्षा पहुंच भो हेर
गर्नै नहुने गठवन्धन तोड्यौ ठिक्कै भो धेर ।१२

हिम्मत नहार अब त गरिब जनलाई भेट
छोडदेउँ हिजोका कुरा न्यायमा मरि मेट ।१३

नछोड वाटो अब त तिमिले बुझ बिपि भावना
मेलमिलाप सधै रहोस् जयनेपाल शुभकामना ।१४

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *