जाँचबुझ आयोगको प्रतिवेदनमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न शुक्रबार साँझ बैठक बोलाएको सचिवालय स्रोतले जनाएको छ । साथै बैठकमा महत्वपुर्ण निर्णय समेत गर्ने तयारी रहेको एक मन्त्रीले जानकारी दिए । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठन गरेको उक्त आयोगले हिजो (बिहीबार) गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

उक्त प्रतिवेदन गृहमन्त्री लामिछानेले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई बुझाइ सकेका छन् । उक्त प्रतिवेदनमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षक (डीएसपी) द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको छ साथै माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई समेत कारबाही चलाउन सिफारिस गरिएको छ ।

सोही आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न प्रधानमन्त्रील आकस्मिक बैठक बोलाएको सचिवालय स्रोतले जनाएको छ । असोज १४ मा मन्त्रिपरिषद्ले सुन तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले बिहीबार गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *