सानिमा जिआईसीले बोलायो साधारण सभा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको छैठौं वार्षिक साधारण सभा चैत २९ गते काठमाडौं कालिकास्थानमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न इन्स्योरेन्सले छैठौँ वार्षिक साधारण सभा बोलाएको हो ।

यस वर्ष कम्पनीले लाभांश नदिने भएको छ । सभाले हकप्रद सेयर जारी गर्ने प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत १५ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *