शिशु चोरी गर्ने मनकुमारीलाई डेढ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट शिशु चोरी गरी प्रहरी हिरासतमा रहेकी दैलेखकी मनकुमारी सिंहलाई डेढ लाख धरौटीमा छोड्न आइतबार जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश गरेको छ । फागुन १० मा शिशु चोरी गरेकी सिंह फागुन ११ मा पक्राउ परेकी थिइन् ।

२६ दिने शिशु चोरीमा संलग्न सिंहलाई प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अपहरण तथा शरीर बन्धक कसुरमा अभियोगपत्र दायर गरेको थियो । मनकुमारीले पटक पटक शिशु जन्माउन खोज्दा खेर गएपछि अन्तिम पटक शिशु खेर गएकै समय पारेर अर्काको शिशु चोरेर घरकालाई समेत आफ्नै भनेर ढाँटेको बयान दिएकी थिइन् । उनले काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भई कपन बस्ने सविना श्रेष्ठकी छोरी चोरेर लगेकी थिइन् .

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *