एक सातादेखि अवरुद्ध कर्णाली पुल एकतर्फी सञ्चालनमा

काठमाडौं । कर्णाली चिसापानी पुल एक सातापछि सुचारु भएको छ ।

फागुन २८ गते वीरगन्जबाट लाइटर बोकेर कञ्चनपुर जाँदै गरेको बा ५प ५२९७ नम्बरको ट्रकमा आगलागी हुँदा पुलको १४ सपोट डोरीमा आंशिक क्षति पुुगेको थियो । एक साता बन्द रहेको पुल सोमबारबाट सुचारु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । केही दिन त्यसको अवस्था हेरेर विज्ञको सुझाव पछि दुई तर्फी यातायात चलाइने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । अहिले तत्काल एकतर्फी मात्रै यातायात चल्ने छन् ।

पुलमा भएको क्षति अध्ययनका लागि सडक विभागको प्राविधिक टोली मंगलवारदेखि खटिएको थियो । कर्णाली पुल भएर आवतजावत बन्द गरिएपछि लम्की, टीकापुर, सत्ती पुल हुँदै राजापुरबाट बर्दिया पुग्ने वैकल्पिक बाटो प्रयोग गरिएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *