कृष्णबहादुर महरालाई सीआईबी कार्यालय लगियो

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सीआईबी कार्यालय लगिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई जहाजबाट काठमाडौँ ल्याएर सीआईबी कार्यालय लगिएको हो । उनलाई आजै म्याद थपको लागि सरकारी वकिल कार्यालय हुँदै काठमाडौँ जिल्ला अदालत बबरमहल लगिने जनाएको छ । महरालाई भैरहवा विमानस्थलबाट काठमाडौं ल्याइँएको हो ।

जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरी तत्काल कारबाही गर्न गृहमन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख एआईजी श्याम ज्ञवालीलाई निर्देशन दिएका थिए । पूर्व सभामुख समेत रहेका महरालाई १३८ किलो सुन तस्करीको जाँचबुझ गर्न बनेको आयोगले दोषी ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो ।

महराका छोरा राहुललाई सीआईबीले गत भदौ १३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महराबाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको अनुसन्धानबाट पुष्टि भएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *