मधुमेह नभई ‘सुगर मनिटर’को भरमा खानपान बदल्नु घातक

मधुमेहको समस्या बढ्दैछ, उसैगरी त्यसको उपचारको बजार पनि उत्कर्षमा पुग्दैछ । त्यसमा सबैभन्दा बढी ‘सुगर मनिटर’ अर्थात् रगतमा चिनीको मात्रा जाँच गर्ने उपकरणको विज्ञापन धेरै देखिन्छ । मधुमेह भएकालाई मात्र होइन, नभएकालाई पनि यो उपकरण सिफारिस गरिन्छ । जबकि मधुमेह नभएकालाई यस्तो उपकरण जरुरी नै नहुने चिकित्सकहरु बताउँछन् । कतिपय अवस्थामा त यसले खानपान विकार ९इटिङ डिसअर्डर० पनि निम्त्याउन सक्छ । खानपान विकार भनेको अस्वस्थ खानपानका कारण हुने एक मनोवैज्ञानिक अवस्था हो । कोही अत्यधिक खाने, कोही खानपान छाड्ने, मोटोपनको कारण कम खाने, शरीरलाई सुडौल बनाउने चक्करमा कम खाने जस्ता प्रवृत्तिले अरु स्वास्थ्य समस्या ल्याउन सक्छ । खानपानमा बढी सचेत हुनु वा लापरवाही हुनु पनि मानसिक रोगको एउटा कारण हो । यसरी खानपानमा बढी नै सजग हुनेहरुले ‘सुगर मनिटर’ प्रयोग गरेको पाइन्छ । यस्ता उपकरण प्राय सामाजिक सञ्जालमा प्रचार गरिन्छ । बेलायतमा जेडओइ जस्ता प्रतिष्ठित कम्पनीहरूले त्यस्ता मनिटरलाई बढावा दिइरहेका छन् । यसै सन्दर्भमा बेलायतको नेसनल हेल्थ सर्भिसका मधुमेह सल्लाहकार प्रोफेसर पार्थले भनेका छन्, ‘मधुमेहको समस्या नभएकामा यो मेसिनको कुनै काम देखिएको छैन । यसले चिनी नियन्त्रणमा भूमिका खेल्छ भनेर ठोस प्रमाण छैन । जेडओइले यससम्बन्धी अनुसन्धान प्रारम्भिक चरणमा रहेको तर यो अत्याधुनिक प्रविधि भएको बताएको छ । मधुमेह भएकाहरूको रगतमा चिनीको स्तर खाना खाएको केही घण्टापछि पनि उच्च रहन्छ । यदि बढेको चिनीलाई नियन्त्रण गरिएन भने यसले अरु अंगलाई हानि पुर्‍याउन सक्छ । जेडओइ पनि मधुमेह नभएका मानिसहरूलाई सुगर मोनिटर बेच्ने कम्पनीहरूमध्ये एक हो । यी ग्याजेटहरू तीन सय पाउण्डमा बेचिन्छ । यसका विज्ञापनहरू धेरै सामाजिक सञ्जाल प्लेटफर्महरूमा देखिन्छन् ।
शरीरमा चिनीको मात्रा कति छ भनेर जान्न यो ग्याजेट प्रयोग गर्ने मानिसहरूले यसलाई दुई हप्तासम्म लगाउँछन् । यसबाट खाना खाएपछि शरीरमा चिनीको मात्रा निगरानी गरिन्छ । जेडआइ भन्छन्, ‘यो परीक्षणले दुई फरक व्यक्तिको शरीरले एउटै खानामा पूर्णतया फरक प्रतिक्रिया गर्न सक्छ भनेर पत्ता लगाउन मद्दत गर्छ । जस्तै, आहारमा कार्बोहाइड्रेट खाएपछि मानिसको रगतमा चिनीको स्तर अर्को व्यक्तिको भन्दा बढी हुन सक्छ । यस्तोमा यो उपकरणले व्यक्तिलाई खाना छनोट गर्न मद्दत गर्न सक्छ । तर अनुसन्धानकर्ताहरुले शरीरमा चिनीको मात्रा अत्यधिक बढ्ने र घट्ने तथ्यांकहरु विश्लेषण गरेर पनि यसको घटबढबारे अझै राम्ररी बुझ्न नसकेको तर्क राख्छन् । धेरै प्रमाणले डाइबेटिज र प्री–डाइबेटिज भएकाहरुमा मात्र शरीरमा रहेको ग्लुकोजको स्तर पत्ता लाग्ने अक्सफोर्ड युनिभर्सिटीका पोषण तथा मधुमेह अनुसन्धानकर्ता डा. निकोला गेस बताउँछन् । ‘हाई ब्लड सुगर मधुमेहको लक्षण हो । यो मधुमेहको प्रत्यक्ष कारण हुन सक्दैन,’ उनी भन्छन् । मधुमेह दुई खालका हुन्छन्, टाइप वान र टाइप टु मधुमेह । ‘टाइप वान मधुमेह’ तब हुन्छ जब प्याङ्क्रियाजले इन्सुलिन उत्पादन गर्न बन्द गर्छ । शरीरमा यसको स्तर निरन्तर कायम राख्न इन्सुलिन इन्जेक्सन चाहिन्छ । यता, शरीरका कोषिकाहरू इन्सुलिन प्रतिरोधी भएपछि टाइप २ मधुमेह भएको बुझिन्छ । त्यसैले शरीरमा रगतमा ग्लुकोजको स्तर सामान्य राख्न थप इन्सुलिन आवश्यक हुन्छ । टाइप २ मधुमेहलाई खानपान, व्यायाम र नजिकको निगरानीले नियन्त्रण गर्न सकिन्छ । जेडओइले मानव शरीरमा पेटको ब्याक्टेरिया, आहार र स्वास्थ्यबीचको सम्बन्धबारे अनुसन्धान गरिरहेको समेत उल्लेख गरेको छ ।
जेडओईका प्रमुख वैज्ञानिक डा। साराह बेरीका अनुसार कम्पनीले दशकौंको पोषण अनुसन्धानको तथ्यांक, ब्लड सुगर र स्वास्थ्यबीचको सम्बन्धसँगबारे अनुसन्धान तथ्यांक पनि प्रयोग गरेका छन् । तर उनी आफूसँग पनि कुनै खास निष्कर्षमा पुग्न सक्ने सबै प्रमाण नभएको स्वीकार्छिन् । खराब खानपानको जोखिमलाई ध्यानमा राख्दै अनुसन्धान गर्ने हो भने ब्लड सुगरको दीर्घकालीन प्रभावहरू बुझ्न दशकौं पर्खिनु आवश्यक रहेको उनी बताउँछिन् । जनरल प्राक्टिसनर डा. रायन क्रुक रगतमा मधुमेहसँग सम्बन्धित प्रमाण कुरिरहने हो भने यस क्षेत्रमा हुने आविष्कारको अन्त्य हुने बताउँछन् । क्रुक र जेडओईको विरोध गर्नेहरु पनि लगातार शरीरमा भइरहेको चिनीको स्तर थाहा पाउन गरिने मोनिटरले ब्लड सुगरलाई नियन्त्रण गर्ने र मोनिटरमा देखाइएको नतिजाले नै खानेकुरामा परिवर्तन गर्न मद्दत गर्ने कुरामा सहमत छन् । यद्यपि, विज्ञहरुले दशकौंदेखि आहार–सम्बन्धित रोगहरूको बारेमा चेतावनी दिइरहेका छन् । तर बेलाबखतमा सयौं आहार कार्यक्रमहरू जसमा के खान हुन्छ वा के खानहुन्न भन्ने बताइएको हुन्छ । यस्ता कार्यक्रमहरु आहार परिवर्तनमा असफल भएका छन् । यद्यपि, कुनै पनि सामान बनाउँदा आफनो कम्पनीले वैज्ञानिक परीक्षण नगरी सामान नबेचिने जेडओई कम्पनीको दाबी छ । कम्पनीले वैज्ञानिक र पोषण विशेषज्ञहरूको टोलीमार्फत मानिसहरूलाई प्रमाण–आधारित स्वास्थ्य सल्लाह प्रदान गरिरहेको दाबी गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *