नयाँ थ्रीलर फिल्ममा प्रदीप र बेनिशा

काठमाडौँ । प्रदीप शाहीले निर्देशन गर्न लागेको अनटाइटल फिल्ममा प्रदीप खड्का र बेनिशा हमालले जोडी बाँध्ने भएका छन् । यो साई फाई जोम्बी थ्रीलर फिल्मको लिड लेडीमा बेनिशा अनुबन्धित भएकी हुन् । अभिनेता खड्कासँग हमालले पहिलोपटक स्क्रिन सेयर गर्न लागेकी हुन् । नाम तय नभैसकेको फिल्मको पटकथा निर्देशक शाहीले लेखेका हुन् । शाही प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्सायर एकाउन्टेनको सहकार्य हुनेछ । फिल्मका अन्य कलाकार र प्राविधिक तय हुन बाँकी रहेको जनाइएको छ । शाहीको अघिल्लो फिल्म ‘अन्तिम संस्कार’ गतवर्ष नेपालमा रिलिज भएको थियो ।

यो फिल्ममा परम्परागत रहस्यका तत्व पनि समावेश हुने जनाइएको छ । प्रदीप शाही निर्देशित पहिलो फिल्म ‘गोर्खा बिनिथ द ब्रेभरी’ अमेजन प्राइममा रिलिज भएको थियो । नयाँ फिल्म पनि विदेशी बजार र ओटीटीलाई लक्षित गर्दै बनाउन लागिएको जनाइएको छ । बेनिशाको कुरा गर्दा, उनले गतमहिना भारतीय फिल्म ‘दुर्गम’को छायांकन सकाएकी छन् जुन उनको डेब्यु भारतीय फिल्म समेत हो । गतसाता उनी अभिनित ‘उपहार’ रिलिज भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *