मुक्तिनाथ विकास बैंकद्वारा प्रहरी प्रभाग बलम्बुलाई सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी प्रभाग बलम्बुलाई ३ थान सीसीटीभी क्यामेरा र २ थान गोप्रो क्यामेरा हस्तान्तरण गरेको छ । सबै क्षेत्रका नागरिकको हितमा काम हुने, अपराध नियन्त्रण र रोकथाममा केही सहयोग पुग्ने तथा सडक दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने विश्वासका साथ ती सामग्रीहरु सहयोग गरिएको बैंकले जनाएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी देशभरिका भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *