युक्रेनमा फसेका नेपालीलाई चाँडै ल्याउँछौँ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुस र युक्रेनमा फसेका नेपालीलाई चाँडै ल्याउन अधिकतम पहल गर्ने आश्वासन दिएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदले उठाएका सवालको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले नेपाल सरकारले रुसी सरकारसँग त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउन पहल गरिरहेको बताए। रुस—युक्रेन युद्धका क्रममा निधन भएका नेपालीको शव नेपाल ल्याउन, निधन भएका व्यक्तिको परिवारका लागि क्षतिपूर्ति उपलब्ध गराउन पहिल भइरहेको मन्त्री श्रेष्ठले बताए। उनले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको संख्या यकीन गर्ने क्रममा सरकार रहेको बताए। अब रुसी सेनामा भर्ना हुन नदिन र भर्ना भएकालाई पनि सम्झौता खारेज गरी नेपाल फर्काउन रुस सरकारसँग पहल गरिरहेको मन्त्री श्रेष्ठले बताए।

त्यस्तै युक्रेनमा बन्दी बनेका नेपालीको खोजबिन गर्न र स्वदेश फर्काउन पहल गरिरहेको बताए।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *