सहकारी ठगी आरोपमा मुछिएका गृहमन्त्रीबाट कसरी निष्पक्ष छानबिन होला ? ः थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा महामन्त्री गगन थापाले सहकारी ठगीमा मुछिएका गृहमन्त्री रवि लामिछाने आफैं कसरी निष्पक्ष अनुसन्धान गर्न सक्छन् भनेर प्रश्न गरेका छन् । आजको बैठक आरम्भ हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सो पार्टीका महामन्त्री गगन थापालाई बोल्न समय दिएका थिए । सांसद थापाले सहकारी ठगीमा मुछिएका गृहमन्त्रीले प्रमाण नष्ट गर्न सक्ने डर आफूलाई भएको बताए । उनले प्रधानमन्त्रीको जवाफ माग्दै भने, सहकारी ठगीमा आफैं मुछिएका गृहमन्त्रीले कसरी फेयर ढंगले छानबिन हुन्छ भन्ने विश्वास गर्ने ? सांसद थापाले सुन काण्डमा सरकारले गरेको कामको प्रशंसा गर्दै यसैगरी सहकारी ठगीमा संलग्न जो कोहीलाई पनि निष्पक्ष छानविन गरेर कारबाही गर्न गर्न आग्रह गरे ।

महामन्त्री थापाले सहकारी ठगीलगायत विभिन्न भ्रष्टाचारका प्रकरणमा जस्तोसुकै ठूला व्यक्ति भए पनि निष्पक्ष अनुसन्धान भई कानुनी कारबाही हुनुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीसम्बन्धी विवादमा मुछिएकोले पदमा रहन उपयुक्त नहुने थापाको भनाइ थियो । नेता थापाले उपप्रधानमन्त्री लामिछानेसमेत सूर्यदर्शन र सुप्रिम सहकारीको विवादमा तानिएकाले विवादको छानबिन नहुँदासम्म उनलाई मन्त्री बनाउन नहुने तर्क गरे । उहाँ दोषी हो,होइन हामीलाई थाहा छैन । भोलि छानबिनले प्रमाणित गर्ला तर जो आफैँ मुछिएको छ । उसले कसरी निष्पक्ष अनुसन्धान गर्छ भन्ने प्रश्न उठेको छ, उनले भने, सहकारीबाट ठगिएकाहरुको पैसा फिर्ता गराउन हामीले सहज वातावरण गर्नुपर्छ । त्यो वातावरण बनाउनेबारे हामीलाई प्रधानमन्त्री पुष्पकमल दाहालको जवाफ चाहिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *