गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शन, सहभागीलाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का १५ जना कार्यकर्ता पक्राउ परेका छन् ।

गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि प्रहरीले उनीहरुलाई सिंहदरबार बाहिरबाट पक्राउ गरेको हो । नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो ?, सहकारी पीडितलाई न्याय खै ?, सहकारी ठगलाई उडे, घुमेर, टुँडिखेलमा राखेर, नाकको डाँडी भाँचिनेगरी हान्न मन छ लगायतका व्यानर बोकेर सिंहदरबारमा प्रदर्शन गरेका थिए ।

गृहमन्त्री लामिछाने गृहमन्त्री नियुक्त भएदेखि नेपाली कांग्रेस र भ्रातृसंगठनहरुले विरोध जनाउँदै आएका छन् । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *