नबिल बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकटमा विशेष छुट

काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । स्काइवाकको टिकटमा दिइने छुटसम्बन्धी विषयमा वन्डर्स नेपाल प्रालि र नबिल बैंकबीच सम्झौता भएको छ । सम्झौताअनुसार नबिल बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन् ।

छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले टिकट खरिद गर्दा नबिल बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड अथवा एन बैंक एपबाट भुक्तानी गर्नुपर्ने हुन्छ । आफ्ना ग्राहकलाई अतिरिक्त लाभ दिने उद्देश्य सहित गरेको यस सम्झौता अन्तर्गत नबिल बैंकका ग्राहकहरुले यो सुविधा दुई वर्षसम्म उपभोग गर्न पाउने बैंकले जनाएको छ । काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावर कुल ७८‍।५ मिटर अग्लो रहेको छ भने यस ३ सय ६० डिग्रीमा काठमाडौं उपत्यकाका दृश्यावलोकन गर्न सकिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *