माओवादी पदाधिकारी बैठक : महरा पक्राउ विषयमा छलफल, भएन कुनै निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेको विषयमा छलफल भएको छ ।

आज (मंगलबार) बिहान बसेको पदाधिकारी बैठकमा महराको विषयमा ठोस निर्णय हुन बाँकी रहेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् । सोमबार सुन तस्करी प्रकरणमा पूर्वसभामुख समेत रहेका महरालाई अदालतले चार दिन हिरासतमा राख्ने अनुमति दिएको थियो । उनको स्वास्थ्य अवस्थाका कारण हाल उनि नर्भिक अस्पतालमा रहेको खबर आएको छ । नेकपा माओवादी केन्द्रका प्रवक्ता सापकोटाले बैठकपछि भने,- ’उपाध्यक्ष महराको बारेमा धेरै राम्रोसँग छलफल भइरहेको छ । हरेक पाटाबारे गम्भीरतापूर्वक छलफल भइरहेको छ । बैठकले कुनै निष्कर्ष भने निकालेको छैन ।’

आज प्रधानमन्त्री प्रचण्ड संसदमा प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने भएकाले विस्तृतमा छलफल हुन नपाएको भन्दै सापकोटाले अर्को बैठकले यसबारे निर्णय लिने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *