कांग्रेसले गृहमन्त्री लामिछानेलाई बदनाम गराउन लागेको ओलीको आरोप

धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेको बदनाम गराउन लागेको आरोप लगाएका छन । नेकपा एमालेका अध्यक्ष ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बचाउमा लाग्दै सो कुरा बताएका हुन ।

आज (मंगलबार) धनगढीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले लामिछानेको बचाउ गर्दै कांग्रेसले लामिछानेलाई बदनाम गराउने खेलमा लागेको आरोप लगाएको खबर आएको छ । काँग्रेसले सहकारी ठगि प्रकरणमा अनुसन्धान भइरहेका लामिछाने पदबाहिर रहेर अनुसन्धानलाई सघाउनु पर्ने माग गर्दै संसद अवरोध गरिरहेको बेला ओलीले यस्तो टिप्पणी गरेका हुन् । ओलीले भने सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरजस्ती बदनाम गराउन खोजिएको बताए । उनले भने-‘के उनी सहकारीमा छन् ? उनी सहकारीका सञ्चालक हुन् ? केही पनि छैन भने छानविनमा कसरी प्रभाव पर्छ ?’

साथै ओलीले लामिछाने कांग्रेसतिर नलागेकै कारण फसाउन खोजेको आरोप लगाउदै यसलाई महत्व दिन आवश्यक नभएको टिप्पणी गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *