सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा श्रेष्ठ

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अध्यक्षमा सुरेशलाल श्रेष्ठ नियुक्त भएका छन् । चैत्र ५ गते बसेको संस्था सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्षको पदमा नियुक्त गरेको हो ।यसअघि कम्पनीको वार्षिक साधारण सभाबाट संस्थापक सेयरधनीहरूको प्रतिनिधित्व गर्दै सुरेशलाल श्रेष्ठ, पवनकुमार अग्रवाल, राहुल अग्रवाल, राजनकृष्ण श्रेष्ठ सञ्चालक निर्वाचित भएका थिए ।

यस्तै, सभाले सर्वसाधारण सेयरधनीहरूको तर्फबाट सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठलाई निर्वाचित गरेको हो । सञ्चालकमा चयन भएका आगामी ४ वर्षसम्म सो पदमा कायम रहने छन् । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स दुई कम्पनी १ः१ अनुपातमा मर्जर भएर गते फागुनदेखि एकीकृत कारोबार थालेका हुन् । कम्पनीको चुक्ता पुँजी हाल २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ छ। फागुन ३० गते सम्पन्न साधारण सभाले कम्पनीले गत आवबाट सेयरधनीलाई चुक्ता पुँजीको ११ प्रतिशत नगद दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *