आम आदमी पार्टी दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौं । भारतको आम आदमी पार्टी (आप)ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घरमा कुनै प्रमाण नेभेटिएको दाबी गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार साँझ ७ बजेतिर कर विभागअन्तर्गतको प्रवर्तन निर्देशनालय (ईडी)को १० सदस्यीय एक टिम सर्च वारेन्टु बोकेर केजरीवालको निवासमा पुगेको थियो । त्यसपछि उनीसँग करिब दुई घण्टा सोधपुछ गरेको थियो । सोधपुछपछि आपका अध्यक्षसमेत रहेका केजरिवाललाई करिब ९ बजेतिर पक्राउ गरिएको थियो । राति साढे ११ बजेतिर उनलाई ईडीको कार्यालयमा पुर्‍याइएको थियो । दिल्ली सरकारका मन्त्री सौरव भारद्वाजले केजरिवालको घरबाट ७० हजार रुपैयाँ भारुमात्र भेटिएको दाबी गरेका छन् ।

उनले केजरीवालको फोन पनि जफत गरिएको बताए । ईडीले कुनै प्रमाण भेटाएको छैन । सम्पत्ति कागजात, अवैध पैसा केही पनि पनि भेटिएन, उनले भनेका छन् । केजरीवाल पक्राउविरुद्ध आपले आज देशव्यापी प्रदर्शन गर्दै छ । आजै सर्वोच्च अदालतले केजरीवाल पक्राउ प्रकरणमा सुनुवाइ गर्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्ली सरकारले आम आदमी पार्टीमा पैसा जाने गरी मदिरा नीतिमा फेरबदल गरेको आरोप लागेको छ । तर, आम आदमी पार्टीले भने केजरीवाललाई फसाउन खोजिएको बताउँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *