विश्वकप छनोट अन्तर्गत नेपाल बहराइनसँग ५-० ले पराजित

काठमाडौँ । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग ५-० ले पराजित भएको छ ।

बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोली ५-० ले विजयी भएको हो । बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो भने दोस्रो हाफमा २ गोल गरेको थियो। यो हारसहित नेपालले एशियाबाट विश्वकप छनौटको समूह एचमा लगातार तेस्रो हार बेहोरेको छ । नेपालले पहिलो खेलमा युएईसँग ४-० को हार बेहोरेको थियो भने दोस्रो खेलमा यमनसँग २-० गोल अन्तरले हार बेहोरेको थियो।

अब नेपालले बहराइनसँग नै अर्को खेल आगामी मंगलबार राति खेल्ने छ । दशरथ रङ्गशाला खेल्न लायक नभएपछि नेपालले होम एण्ड अवे दुवै खेल बहराइनमै खेल्दै छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *