राजनीतिक स्टन्टबाट मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला ? ःनिर्वाण चौधरी

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्रकार सम्मेलनमा उक्त जग्गा सरकारीकरण भइसकेको जनाएको छ । सोही प्रकरणलाई लिएर विनोदका छोरा अर्थात् चौधरी ग्रुपको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका निर्वाण चौधरीले तत्कालीन राजनीतिक स्वार्थसिद्ध गर्न यस्तो क्रियाकलाप भएको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत उक्त घटनाका विषयमा न्यायालयले नै छिनोफानो गर्ने उल्लेख गरेका छन् । निर्वाणले युवाहरू स्वार्थ प्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् वा वास्तविकता बुझेर देशको समृद्धिमा असली हिस्सेदार बन्न चाहन्छन् भन्ने प्रश्न पनि गरेका छन् । ‘आज राजनीतिक स्टन्टका कारण जुन परिस्थिति सिर्जना भएको छ, यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला ? एकपटक आत्ममन्थन गरौँ,’ निर्वाणले फेसबुकमा लेखेका छन् । चौधरी ग्रुपका प्रबन्ध निर्देशक समेत रहेका निर्वाणले देशलाई समृद्धि र सकारात्मक बाटोमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने मिडियाजगतले अहिलेको अस्तव्यस्तता र अन्यौलताको वातावरणलाई सहज बनाउन भूमिका खेल्ने विश्वास पनि लिएका छन् ।
निर्वाणको भनाइ जस्ताको त्यस्तै
१८० वर्ष पहिले टाटा समूह भारतमा आयो । आज भारतीय अर्थतन्त्रमा ठुलो योगदान दिनुका साथै भारतका लागि गौरव बनेको छ यो व्यापारिक घराना। १५० वर्षअघि नेपाल आएको हाम्रो परिवारको छैटौँ पुस्ता पुगेको छ। नेपालको कुल राजश्वमा करिब २ प्रतिशत योगदान, देशको सबैभन्दा ठुलो रोजगारदाता, नेपाल बाहिर पनि तीव्र व्यापार विस्तार गरेर नेपाली चन्द्र९सूर्य अङ्कित राष्ट्रिय झण्डालाई विश्वमन्चमा फैलाइरहेका छौँ । हाम्रो प्यारो देश नेपालको आर्थिक समृद्धिका लागि सदैव समर्पित र प्रतिबद्ध छौ । देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला निस्वार्थ सहायताको कार्यमा हामी सबैभन्दा अगाडि छौँ भन्दा बडो आत्मसन्तुष्टि हुन्छ।

भूकम्पका बेला होस्, कोरोना वा यस्तै अन्य कुनै आपत्कालीन समयमा हामी निसंकोच जनताको सेवामा जोडिँदै आएका छौँ। हाम्रो विश्वसनीयता र उत्कृष्ट ट्याक रेकर्डकै कारण त हामीसँग हार्वर्ड बिजनेस स्कूल, बिल र मेलिन्डा गेट्स फाउन्डेसन वा टाटाहरूलगायतले सहकार्य गर्दै आएका छन् । आज यो देश कुन अवस्थामा छ, कसरी यस्तो भयो, यो देशको हित कसले गर्छ भन्नेबारे युवाहरूले एकपटक आफैलाई प्रश्न सोध्ने बेला भएको छ। के युवाहरू स्वार्थ प्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् वा वास्तविकता बुझेर देशको समृद्धिमा असली हिस्सेदार बन्न चाहन्छन् र ?

आज राजनीति स्टन्टका कारण जुन परिस्थिति सिर्जना भएको छ, यसैगरी मुलुकले आर्थिक समृद्धिको बाटो तय गर्ला रु एकपटक आत्ममन्थन गरौँ । यो देशलाई समृद्धि र सकारात्मक बाटोमा लैजान महत्त्वपूर्ण भूमिका खेल्ने मिडियाजगतले अहिलेको अस्तव्यस्तता र अन्यौलताको वातावरणलाई सहज बनाउन भूमिका खेल्नेछ भन्ने विश्वास मेरो छ। केही समयदेखि बाँसबारी जग्गाका विषयमा जुन धारावाहिक प्रहसन चलेको छ, यसमा थप टिप्पणी गर्न चाहन्न। न्यायालयले नै यसको छिनोफानो गर्ने नै छ। म यतिमात्रै भन्न चाहन्छु कि तत्कालीन राजनीतिक स्वार्थसिद्ध गर्न जे जस्ता कार्यहरू भइरहेका छन्, यसले यो मुलुकलाई कता लैजान्छ, एकपटक सबैले आत्मसमीक्षा गरौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *